कोशी प्रदेश प्रहरी प्रमुख द्वारा जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरिक्षण

1.4K Shares
Spread the love

विराटनगर / कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) श्याम लाल ज्ञवालीले आईतवार जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरिक्षण भ्रमण गर्नु भएको छ ।

निरिक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरिक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीहरुसँग समान व्यवहार, नैतिकता र अनुसाशित भई संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न र प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सहि सदुपयोग गरी प्रयोग गर्न साथै आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्ना जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न समेत निर्देशन दिनु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचारसबै